इलाममा खानेपानीको संकट
इलाम, २० फागुन । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ ।
सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड २४ लिटर पानीको आवश्यकता छ ।
सदरमुकाममा पानी आपूर्ति हुँदै आएको भाँडीखोला मुहानमा प्रतिसेकेन्ड एक लिटरजति मात्र पानी आउँछ । ३१ किलोमिटर टाढाको गिताङ मुहानबाट ल्याइएको पाइप लाइन विभिन्न स्थानमा जीर्ण हुँदा सुख्खायाममा थोरै पानीमात्र आउँछ । यो मुहानबाट प्रतिसेकेन्ड साढे पाँच लिटर पानी आउने गरे पनि पटकपटक अवरोध हुने गरेकाले सदरमुकामको खानीपानी समस्या हिउँद लागेसँगै चर्किने गरेको छ ।
लामो दूरी, भौगोलिक विकटता र प्राविधिक रूपमा असफल मानिएको गिताङ मुहानको पानीको भरोसा सदरमुकामवासीको एकमात्र विकल्प हो । माइमझुवाको नर्सरी क्षेत्रमा पूरै दलदल रहेको र करिब ४० मिटर जति क्षेत्र पहिरोको मुखमा रहेकाले पटकपटक बिग्रने गरेको इलाम नगरपालिकाले जनाएको छ ।
जडान भएका तीन हजार धारामा हजारौँ परिवार आश्रित छन् । नियमित पानी नआउने भएपछि ढुङ्गे धारामा दिनरात भीड लाग्ने गरेको छ । बढ्दो सहरीकरणले कतिपय ढुङ्गे धारा सुकेका छन् भने भएकामा पनि पर्याप्त पानी आएको छैन ।
दीर्घकालीन समाधानका लागि तेस्रो साना सहरी खानेपानी आयोजना लागू गर्ने भनिए पनि कार्यान्वयन भएको छैन । तत्काल समाधानका लागि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमार्फत गिताङबाट नयाँ पाइपलाइन बिछ्याउन थालिएको थियो । आयोजना आउने भनेपछि त्यसको काम रोकिएको छ । करिब रु एक करोड ५० करोड खर्चेर सात किमी पोलिथिन पाइप बिछ्याइए पनि निर्माण कार्य रोकिएको हो ।
थप १३ किमी पाइपलाइन बिछ्याएर चारखाँदेस्थित फिल्टर प्लान्टमा त्यो लाइन जोड्ने लक्ष्य थियो । तत्काल समाधानका लागि नयाँ बिछ्याइएको पाइपलाइनबाट फिल्टरप्लान्ट नल्याई सुलुवुङ र माइमझुवाबीचमा पुरानो लाइनमा जोडेर छिटो आवश्यकता पूरा गर्ने विकल्प पनि नगरपालिकाले सोचेको थियो । तर कुनै काम हुन नसक्दा समस्या जटिल बन्दै गएको छ ।
यसै वर्षदेखि खानेपानी व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले खानेपानीको न्यूनतम महसुलमा वृद्धि गरी रु दुई सय पु¥याएको छ । महसुल दोब्बर वृद्धि भएपछि व्यवस्थापन सुदृढ हुनुपर्ने उपभोक्ताको माग छ ।
Comments
अरु समाचार
-
सुर्खेत बस दुर्घटना स् दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...