ताजा समाचार

स्थानीय विकासमन्त्री नेतृत्वको कार्यदलले स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले पाण्डेको नेतृत्वमा तीन मन्त्री रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो । सात दिनको समय गुजारेपछि थपिएको तीन दिनको म्याद पनि शुक्रबार नै सकिँदैछ ।

स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आठ समूह बनाएर काम भइरहेको बताए । कार्यदलले आजै प्रतिवेदन बुझाउने बताइएको छ ।

स्रोतका अनुसार कार्यदलले स्थानीय तहको संख्या ७ सय १९ बाट बढाएर ७ सय ३८ बनाउने प्रस्ताव तयार पारेको छ । आयोगले सुरुमा अधिकतम ७ सय ४४ राखेर जिल्लाहरुबाट प्रतिवेदन माग गरेको थियो । कार्यदलले त्यही मापदण्डका आधारमा अधिकतम संख्या प्रस्ताव गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org