लागुऔषधका मुद्दामा ६१ जनाविरुद्ध कारबाही
रत्ननगर (चितवन), २१ फागुन । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३÷७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ ।
देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकाले चितवनमा लागुऔषधको कारोबार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।
चालू आवको माघ महिनासम्म चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ । त्यसैगरी २६ किलो गाँजा र १४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
चालु आवको सात महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिर्नाेफिन नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिलाईसमेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । चितवनमा २०७३ साल साउनदेखि माघ महिनासम्ममा लागुऔषधसम्बन्धी विभिन्न ३५ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । लागूऔषधको कारोबारमा संलग्न सबैलाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर भएर कारबाही चलाइएको छ । रासस
Comments
अरु समाचार
-
सुर्खेत बस दुर्घटना स् दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...