प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा
जुम्ला, २२ फागुन । हिमाली जिल्ला जुम्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । शिविरमा प्रहरी सङ्गठन भित्रका कर्मचारी र तिनका परिवारका सदस्यको उपचार गरिएको निमित्त प्रहरीनायब उपरीक्षक गोपीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शिविरमा ५२ पुरुष र १२ महिला गरी ६४ जनाको निःशुल्क चेकजाँच गर्नुका साथै उनीहरुलाई आवश्यक औषधि पनि वितरण गरिएकोे थियो ।
डा निरालाले प्रहरी सङ्गठनभित्र निःशुल्क स्वास्थ्य जाँच गरिएको कर्णालीमा यो पहिलोपटक हो भन्नुभयो । “खासगरी प्रहरी कर्मचारीभित्र भएको रोगको स्क्रिनिङ गर्ने, प्रहरी सङ्गठनका सदस्यलाई रोग लागेमा प्रहरी हस्पिटल छ भन्ने कुरा अन्तरक्रियामार्फत जानकारी दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अभियान अगाडि बढाएका हौँ” डा.निरालाले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...
-
आजको राशिफल: २०८१ जेठ ७ गते सोमवार
मेष: दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा...