सेतो डङ्गुर गिद्धः विश्वकै सम्पत्ति
चितवन, २२ फागुन । सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ । यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो । दुई वर्षअघि एउटा बच्चा हुर्किएको थियो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हाल प्रजनन केन्द्रमा २५ भाले र ३१ पोथी गिद्ध छन् । यस वर्ष १५ पोथीले फुल पारे पनि नौ बच्चा मात्र कोरलिएको छ । प्रजनन केन्द्रका चार खोरमा गिद्ध राखिएको छ । दुई खोर बच्चा कोरल्न र अन्य दुई खोर बच्चा नकोरल्ने गिद्धलाई राखिएको छ । सुरुआतमा देशका विभिन्न क्षेत्रबाट गिद्धका बच्चा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएको खड्काले बताउनुभयो ।
प्रजनन केन्द्रमा फुल नपारेका ११ पोथी गिद्धका जोडीमध्ये छ जोडीलाई नवलपरासीको नमुना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा छाड्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हाल नौ बच्चा जन्मनु महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।
यहाँका छ जोडी र जटायु रेस्टुरेन्टका छ जोडीलाई ‘ट्याग’ लगाएर छाड्ने तयारी गरिएको छ । कमजोर र फुल नपारेका ती गिद्धलाई नियमित अनुगमन गरिने छ । गिद्धको सामान्य आयु ४० वर्ष हुन्छ । निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घको सक्रियतामा कसरामा गिद्धको सङ्ख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन हुँदै आएको छ ।
केन्द्रमा रहेका गिद्धलाई राँगाको मासु खुवाउने गरिन्छ । खड्काका अनुसार एउटा गिद्धलाई एक महिनामा दुई पटक गरेर सरदर ३० किलो मासु खुवाउने गरिन्छ । यो हिसाबले केन्द्रमा रहेका ५६ गिद्धलाई मासिक एक क्विन्टल छ सय ८० किलो मासु खुवाइँदै आएको छ । गिद्धका लागि एक भेटनरी चिकित्सक र तीन हेरालु राखिएको छ ।
गिद्ध संरक्षणका लागि दातासँग मिलेर सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । हाल बच्चा कोरलेसँगै यसलाई सफलताका रुपमा विज्ञले लिएका छन् । खड्काले भारतमा पनि संरक्षण गरिएको तर यति ठूलो सफलता नमिलेको जिकिर गर्नुभयो ।
चरामध्ये गिद्ध अनौठो प्रजातिमा पर्छ । बच्चा कोरलेपछि पोथीले फुल पार्न चार वर्ष कुर्नुपर्छ । यसले वर्षमा एक पटक मात्रै फुल पार्छ । नेपाल बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिंडारीले विश्वबाटै लोप हुन लागेको गिद्धका नौ बच्चा कोरल्नुलाई निकै सफलताका रुपमा लिइएको बताउनुभयो । “संरक्षण गर्न नसकिएमा यो जातिको गिद्ध केही वर्षमै विश्वबाट लोप हुनेछ, यो उपलब्धि नेपालका लागि मात्रै नभएर विश्वका लागि नै हो ”, बिंडारीले भन्नुभयो ।
Comments
अरु समाचार
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...