ताजा समाचार

सदरमुकाममा गाडी पुगेपछि स्थानीय हर्षित,ड्राइभर र ठेकेदार सम्मानित

 

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा गाडी ल्याएको भन्दै जिल्लाका राजनीतिक दल र स्थानीयले सुर्य कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर सोनाम लामा र गाडी चालकलाई सम्मान गरेका छन् ।

दुई दशक पहिलादेखि ट्रयाक पुगेको भन्दै राजनीतिक दलका प्रमूख स्थानीय प्रशासन र जिल्ला विकास समितिले सम्मान गरेको स्थानीय विकास अधिकारी लोकबहादुर सुनारले बताए ।

जिल्लाका सबै राजनीतिक दल र नागरिक समाजको तर्फबाट ७२ प्रतिशत सम्म कममा निर्माण ठेक्का लिएरपनि सम्पन्न गरेकोमा आज ठेकदार र चालकलाई खादा र अविर जात्रा गरेर सम्मान गरिएको सहायक प्रमूख जिल्ला अधिकारी रुद्रप्रसाद सिटौलाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org