ताजा समाचार

मधेशी मोर्चाविरुद्ध मानवअधिकार एलाइन्स

काठमाडौं । मानवअधिकार एलाइन्सले मधेशमा एमालेबिरुद्ध भइरहेको मधेशी मोर्चाको बिरोध, यातायात बन्दसमेतका कृयाकलापविरुद्ध कडा रुपमा सरकारको ध्यान आकृष्ट गरेको छ । एलाइन्सका अध्यक्ष मिनबहादुर साही र महासचिव डा मद्मप्रसाद खतिवडाले आज जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘केही समय यता राजनीतिक दलहरुले आयोजना गरेका राजनीतिक अभियानलाई विथोल्ने, शान्तिपूर्ण आन्दोलनमा भेला भएका राजनीतिक कार्यकर्तामाथि संघातिक हमला गर्ने तथा हमलाको धम्की दिने, पूर्व योजना सहित आयोजना गरिएका सभा सम्मेलन हुन नदिने तथा समानान्तर सभा सम्मेलन आयोजना गरी मुठभेट सिर्जना गर्ने जस्ता मानवअधिकार विरोधी गतिविधिप्रति मानवअधिकार एलाइन्स चासो व्यक्त गर्दछ ।’

मानवअधिकार एलाइन्सले आफ्ना फरक मत, विचार राख्ने संविधानप्रदत्त हकको उपचार हुँदाहँदै संविधानले नै सुनिश्चित गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दलका गतिविधि निर्वाध रुपमा सञ्चालन गर्ने स्वतन्त्रता, कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता नै कुन्ठित हुने गरी गरिएका हरेक कार्य मानवअधिकारको उलंघन मात्र नभएर एक राजनीतिक दलले अर्को माथि गरिने ज्यादति भएको ठहर गरेको हो ।

उसले शान्तिपूर्ण भेला, धर्ना गर्ने गतिविधि विरुद्ध देशका विभिन्न भागहरुमा भइरहेका अमर्यादित र अवान्छनीय गतिविधि रोकी देशमा निर्वाध राजनीतिक गतिविधि सञ्चालनको वचतावरण निर्माण गर्न मानवअधिकार एलाइन्स सरकार समक्ष माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org