चर्को भाडादरले सर्वसाधारण मर्कामा
म्याग्दी, २९ फागुन । सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ ।
बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु रु १०० र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न रु १५० का दरले भाडा तिर्नुपर्छ । डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै चर्को भाडा तिर्नुपर्ने बाध्यता छ म्याग्दीवासीलाई ।
बेनी–डाँडाखेत सडकमा चल्ने एउटा मात्र माइक्रोबस चढ्न भनेजति भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बुद्ध सार्कीले बताउनुभयो । “सडक भएपछि गाडी चढ्न मन लाग्छ”, सार्कीले भन्नुभयो – “तर महँगो भाडादरका कारण गरिब, विपन्न गाउँलेको ढाड सेकिएको छ ।”
मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन नहुनु, नियमनकारी निकायको बेवास्ता र व्यवसायीको मनोमानीका कारण सर्वसाधारण मर्कामा परेका हुन् । जिल्लाका धेरैजसो सडकमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् भने अनुगमनको अभावमा कायम भएको भाडादरसमेत कार्यान्वयन हुन सकेको छैन ।
भाडादर समायोजन र अनुगमन नहुँदा जिप, ट्याक्सी, माइक्रोबसमा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य भएको स्थानीय भीम तिलिजाले गुनासो गर्नुभयो । “सडक पुगेको ठाउँमा गाडीले सुविधा त दिएका छन् तर भाडादर चर्को हुँदा मर्का परेको छ”, तिलीजाले भन्नुभयो – “सम्बन्धित निकायले भाडा निर्धारण र कार्यान्वयनका लागि अनुगमन गर्नुपर्छ ।”
यातायात व्यवसायीले भने कच्ची र जीर्ण सडकका कारण देशका अन्य ठाउँको भन्दा म्याग्दीमा स्वाभाविक हिसाबले भाडादर बढी कायम भएको र प्रशासनले तोकेको भन्दा बढी भाडा नलिएको दाबी गरेका छन् ।
जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भाडादरको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर समायोजन गर्न पहल भइरहेको बताउनुभयो ।
Comments
अरु समाचार
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...
-
आजको राशिफल: २०८१ जेठ ७ गते सोमवार
मेष: दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा...