ताजा समाचार

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । देशका बिभिन्न भागमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । भक्तपुर, गोरखा, कैलाली, पाल्पा, सुर्खेत र कास्कीमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–११ तौमडीमा बा६१प ६१८३ नम्बरको स्कुटर आइतबार अनियन्त्रित भई दुर्घटना हुदाँ स्कुटर चालक स्थानीय कोलाठे बस्ने २७ बर्षीय रत्नसुन्दर छिङगुतला घाइते भएका र उनको भक्तपुर अस्पतालमा मृत्यु भएको छ ।
गोरखाकोः पालुङटार नगरपालिका–१० पाण्डेथोक स्थित ग१त ३१९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाँउ बस्ने चितवन घर भएका ३० बर्षीय दिपक परियार गम्भीर घाइते भएकोले उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे तनहुँ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी नगरपालिका–८ मनेहरा स्थित बा३ख १६३३ नम्बरको बसले से४प ६१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक उर्मा–४ का १८ बर्षीय दिपेन्द्र बुढा र मुकेस थापा गम्भीर घाइते भएकोमा उपचारको लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । उपचारका क्रममा दिपेन्द्र बुढाको मृत्यु भएको छ । गम्भीर घाइते मुकेस थापाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ ।
पाल्पाको कसेनी–७ सिरौलीधारा स्थित लु२५प ३४४७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक तानसेन नगरपालिका–३ बस्ने २८ बर्षीय संजय बोहोराको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटनामा २७ बर्षीय बिबेक थापा गम्भीर घाइते छन् ।उनको मेडिकल कलेज लुम्बिनी प्रभासमा उपचार भइरहेको छ ।
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–११, सुर्खेत–नेपालगंज सडक खण्डमा ना४ख ४८६७ नम्बरको बस सडकबाट बाँया साईडमा पल्टिएर दुर्घटना हुँदा बाँके कोहलपुर नगरपालिका–२ बस्ने सहचालक २८ बर्षीय मानबहादुर बुढाको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । कास्कीको पोखरा–१७ डेबिडफल्स स्थित ग१ख ६९११ नम्बरको बसले पैदलयात्री पोखरा–६ लेकसाइड बस्ने ४० बर्षीय भरत गुरुङलाई ठक्कर दिँदा घाइते भएकोले उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org