प्रेरक प्रसंग : सफलताको अदभूत गुरुमन्त्र
संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एउटा केटाले सोध्यो, ‘सर, आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपार्इंकै प्रशंसा गर्छन् । तपाईंलाई महान् वैज्ञानिक भनेर सम्मान गर्छन् । आखिर तपाईं कसरी यति महान् बन्नुभयो, त्यसको गुरुमन्त्र के हो ? मलाई पनि बताइदिनुहोस् न ।’
सो केटाको जिज्ञासा सुनिसकेपछि आइन्स्टाइनले एक शब्दमा उत्तर दिए, ‘लगन ।’ उनको उत्तर सुनिसकेपछि केटाले सोध्यो, ‘हजुरले के भन्नुभएको हो, मैले बुझ्न सकिनँ ।’
आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘हेर बाबु, जब म तिम्रो उमेरको थिएँ, त्यतिखेर गणितको नाम सुन्नासाथ डराउँथे, जस्तो आज तिमी डराइरहेका छौ । गणितमा म धेरैजसो फेल नै हुन्थेँ । फेल भएपछि मैले निकै कठोर सजाय पनि पाउँथे, मेरा साथीहरू मभन्दा निकै जान्ने थिए । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराइरहेको छु ? बस त्यस दिनदेखि मैले गणितका प्रश्न समाधानका लागि बडो लगनसाथ मिहिनेत गर्न थालेँ । त्यस क्रममा म बारम्बार असफल भएँ । साथीहरूले मेरो मजाक उडाए ।
तर, ममा एउटा यस्तो लगन थियो कि जसरी भए पनि गणितका समस्या समाधान गरेरै छाड्ने धुन चडेको थियो । यही लगनको प्रतिफल हो, आज मानिसहरू मेरा सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पनि भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हासिल गरेँ । लगन नै मेरो गुरुमन्त्र हो, तिमीले पनि लगन नछोड्नू ।’ आइन्स्टाइनको जवाफपछि सो केटाले साँचो लगनको महत्व बुझुयो, र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर आफ्नो बाटो लाग्यो ।
Comments
अरु समाचार
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...