ताजा समाचार

१ करोड ३० लाख जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने सरकारको तयारी

सुर्खेत । सरकारले यसवर्ष १ करोड ३० लाख जनतालाई हात्तीपाइले औषधि खुवाउने भएको छ । हात्तिपाइले फाईलेरिया रोग निवारण कार्यक्रम अन्तर्गत आगामी चैतको ५ गते बुधवार सुरु गर्ने भएको हो ।

चैत ६ र ७ गते घरदैलो अभियान चलाएर औषधी खुवाउने कार्यक्रम रहेको छ । ७५ हजार भन्दामाथि घरधुरी भएको सुर्खेतमा यो वर्षको पाँचौ चरणको अभियान सुरु गरिएको छ ।

जिल्ला जनस्वाथ्य कार्यलयका उदय बिसीले अन्र्तक्रिया कार्यक्रममा बोल्दै गत वर्षमा ३ लाख ६४ हजार लक्ष्य हुँदा ३ लाख ३ हजार १ सय ६० जनालाई खुवाएको बताए । उनले यस वर्षमा पनि ३ लाख ६४ हजारलाई खुवाउने लक्ष्य रहेको वताए । हालसम्म सुर्खेतमा १३ लाख ५० हजार १ सय ६० हातिपाइलेको औषधी खुवाउन सफल भएको बिसीले जानकारी दिए ।

सुर्खेतमा जम्मा १ सय १५ जनालाई हात्तीपायले भएको तथ्याङक छ । जस मध्ये १४ जनालाई खुट्टा सुनिएको, ९४ जनालाई हाइड्रोशिल भएको छ । यस्तै अन्यमा ७ जना देखिएको विसीले वताए ।

सुर्खेत उत्तरगंगा वीनपा बावियाचौर सालकोट लगायतका ठाउँमा ठाउँहरु हात्तीपायले रोग देखिएको छ । हात्तीपाइले रोगको औषधी खुवाउन  जिल्लामा ९२ लाख ११ हजार बजेट आएको जानकारी पनि बिसीले दिए । उनले ५ सय ५० स्वाथ्यकर्मी, ९ लाख डिइसी र ४ लाख ५ हजार अबलेण्डाजल आवश्यक रहेको पनि वताए । २१ सय स्वयमसेवीकालाई पनि तालिम दिइसकेको पनि उनले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org