ताजा समाचार

स्थानीय निकायः ३६ हजार ६ सय ३९ जना नेता बन्दै

काठमाडौं । देशका ७ सय ४४ स्थानीय निकायमा निर्वाचनको तयारी सुरु भएको छ । सरकारले निर्वाचन मिति घोषणा गरेलगत्तै ती निकायमा नेता बन्नेको दौडधुप सुरु भएको छ । ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकामा प्रतिनिधि छनोट हुँदैछन् ।

महानगरमा मेयर र उपमेयर ८, उपमहानगरमा मेयर र उपमेयर २६, नगरपालिकामा मेयर र उपमेयर ४ सय ९६ तथा गाउँपालिकामा ९ सय ६२ मेयर र उपमेयर निर्वाचित हुनेछन् ।

यस्तै वडा अध्यक्ष ६ हजार ६ सय ८०, वडा सदस्यमा २६ हजार ७ सय २० तथा दलित कोटाबाट १ हजर ७ सय ५१ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

देशमा ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालका र ४ सय ८१ गाउँपालिका रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org