ताजा समाचार

राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप

काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राजधानीको कान्तिपथमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । सोही क्रममा झडप भएको हो ।

शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास पहार गरेको छ । सधैं व्यस्त रहने कान्तिपथको सडक राप्रपा र प्रहरीबीचको झडपले तनावग्रस्त बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org