ताजा समाचार

अब रु तीन सयमै चढ्नुहोस् चन्द्रागिरि केवलकार, यस्ता छन् शर्तहरु

काठमाडौं । चन्द्रागिरि हिल्स प्रा.लि.ले माध्यामिक शिक्षा परीक्षा  (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी केवलकार चढ्न विशेष छुटको व्यवस्था गरेको छ ।  ‘एसइई दिउँ अब मात्र रु ३०० सयमा चन्द्रागिरी गई सेल्फी लिउँ’ भन्ने नाराका साथ हिल्सले आजदेखि लागू हुने गरी केवल कारको टिकट उपलब्ध गराएको हो । तर, उक्त योजनामा हिल्सले केही सेवा तथा शर्तहरु पनि राखेको छ ।

यस्ता छन् सेवा तथा शर्तहरु

शैक्षिकसत्र २०७३ सालको माध्यामिक शिक्षा परीक्षामा भाग लिएका सम्पूर्ण विद्याथीहरुका लागि मात्र ।
-प्रवेश पत्र अनिवार्य रुपमा साथमानै लिई आउनुपर्नेछ ।
-टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिन सकिने छ ।
-टिकट खरिद गरिएकै दिनका लागि मात्र मान्य हुनेछ । र,
-यो सुविधा लिनेहरुको हकमा अन्य छुट सुविधा उपलब्ध हुने छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org