ताजा समाचार

विवादित मतदान केन्द्रमा सहमति

बैतडी, ११ चैत । बैतडीमा एकसय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ ।

मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

“साण्विकका वडा तथा गाविस नयाँ संरचनाअनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,” उहाँले भन्नुभयो – “साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर गरी नयाँ संरचनाअनुसार पुनः २३ वटै थपिएका हुन् ।”

यसअघि विवाद देखिएको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका मतदान केन्द्रमा स्थलगत अध्ययन गरी सहमति कायम गरेको बताइएको छ ।

यसअघि दलहरुले २०७० सालमा तय भएका मतदान केन्द्र थप्नुपर्र्ने अडान लिएपछि सहमति हुन सकेको थिएन ।

बैतडीमा २०७० सालमा संविधानसभाको निर्वाचन हुँदा १२० मतदान केन्द्र रहेका थिए ।

स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपालिका र छ गाउँपालिका सिफारिस गरेको छ ।

जिल्लामा ६५ हजार ९३२ महिला, ६२ हजार ८५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार ७८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय, बैतडीले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् ।

आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org