असिनाबाट अन्नबाली र फलफूलमा ठूलो क्षति
इटहरी, १२ चैत । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ भने जङ्गली चराचुरुङ्गीसमेत मरेका छन् ।
चट्याङ परेसँगै आएको हवाहुरी र असिनाले भित्र्याउनका लागि तयारी अवस्थामा रहेका गहुँ र मकैबाली तथा सुपारीमा धेरै नोक्सानी पुगेको इटहरी–२ का पीडित किसानले बताएका छन् । असिना र हुरीका कारण भएको क्षतिको यर्थात् तथ्याङ्क उपलब्ध नभएपनि लगभग रु। एक करोडभन्दा बढीको क्षति भएको अनुमान छ ।
सुन्दरपुर–४ का पीडित किसान वीरबहादुर पौडेलका अनुसार २०१७ सालमा आएको असिना पानी झैँ यो वर्ष त्योभन्दा बढी असिना आएको र खेतमा भएका फर्सीका लहरा, सुपारी, लिची र आँपको फुल, लसुन, प्याज तथा अन्य तरकारीमा समेत नोक्सानी भएका छन् । गहुँबालीमा ठूलो क्षति भएका छन् ।
यता इटहरी–२ मा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मीसमेत रहनुभएका पवनविवश अधिकारीले जङ्गली चराचुरुङ्गी पनि असिना पानी र हुरीमा परेर ज्यान गुमाएका छन् । हुरीबतास र असिनाका कारण वीरबहादुर सुब्बा, रोशन अधिकारी, कुलबहादुर निरौला र ध्रुव नेपाल लगायतका घरमा पनि ठूलो क्षति पुगेको छ ।
हुरी बतास र असिनाले पु¥याएका क्षतिका बिषयमा जानकारी लिने काम भईरहेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले क्षतिका विवरण प्राप्त भएपछि तत्कालै दैवी प्रकोप उद्धार समितिका बैठक बसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिइने बताए ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...