ताजा समाचार

क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा दिनेश प्रतिष्ठानको शुभारम्भ

सुर्खेत । आफू मरेर अरुलाई बचाउने क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा दिनेश प्रतिष्ठानको शुभारम्भ गरिएको छ । गतवर्ष नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एनए जेबी काष्ठमाण्डप एयरको जहाज कालिकोटको चिल्खायामा वडा नं २ मा दुर्घटना भएको थियो ।

जहाजमा सवार ९ जना यात्रुलाई बचाएर सह चालक सन्तोष राना र क्याप्टेन दिनेश न्यौपानेको ज्यान गएको थिए । क्याप्टेन दिनेश न्यौपाने सम्झनामा दिदी कृष्णा न्यौपानेले क्याप्टेन दिनेशको जीवनीबारे कृति लेखेकी थिइन ।

२९ वर्षको उमेरमा दिनेश क्याप्टेन भएपछि उनका सपना पुरा नभएको भन्दै क्याप्टेन दिनेशको सम्झनामा जिल्ला विकास कार्यलय सुर्खेत र २०७३ साल साउन २४ गते दिनेश प्रतिष्ठान समाज कल्याण प्रतिष्ठानमा दर्ता गरिएको दिदी कृष्णा न्यौपाने बताएकी छन् ।

फाउण्डेशनको शुभआरम्भमा बोल्दै फाउण्डेशन का अध्यक्ष दिपन भुषालले फागुन १४ लाई कालो दिनेको संज्ञा दिदै भने, ‘दिनेश हामीबाट टाढा भएपनि उनका अधुरा सपनाको लागि दिनेश फाउण्डेशनले हजारौ दिनेश उत्पादनमा टेवा पु¥याउँछ ।’

कार्यक्रममा राष्टिय जेसिसका पूर्व केन्द्रिय अध्यक्ष तथा समाज सेवी गेहेन्द्र दाहाल,प्यावसन नेपालका केन्द्रिय उपाध्यक्ष नवराज गुरुङ,समाजसेवी मनमाया ढकाल,राष्टिय जनमर्चाका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, क्याप्टेन दिनेश न्यौपाने आमा विरलक्ष्मी न्यौपाने,बुबा मानदत न्यौपाने लगायतको उपस्थिती रहेको थियो कार्यक्रममा अध्यक्षता क्याप्टेन दिनेश प्रतिष्ठन फाउण्डेशन सुर्खेतका अध्यक्ष दिपेन भुषालको रहेको थियो भने प्रमुख आतिथ्यता आर्ट अफ लिभिङका गुरु डा.कञ्चन घिमिरेको रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org