बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते
रत्ननगर (चितवन), १४ चैत । पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको राति नै उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अहिलेसम्म पहिचान खुलेको छैन ।
गम्भीर घाइते भएका दुई जनाको अहिले सोही कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजना रत्ननगर नगरपालिका–४ का १९ वर्षीय जोसेफ दराई रहेको र अर्का घाइतेको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...