ताजा समाचार

आरआरमा क्याम्पसमा स्ववियु चुनावः मतदान जारी

काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य ‘आरआर’ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचन भइरहेको छ ।कडा सुरक्षाका बीच मतदान भइरहेको छ । बाहिर भने तनाव बढ्दो छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।  फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org