ताजा समाचार

अत्यधिक सङ्ख्यामा परेवा मर्न थालें

 

 

जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् ।

विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन् ।
सुरुमा घाँटीमा समस्या देखापर्ने र पछि सिथिल हुुँदै परेवा मर्ने गरेको बताइन्छ ।
विवाहमण्डप र जानकी मन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी परेवा मरेको अवस्थामा फेला परेका छन् ।

मौसम परिवर्तन, रोग वा विषादीयुक्त आहार खाएका कारण मर्ने क्रम अधिक देखिएको बारेमा अन्योलताको अवस्था छ । पशु कार्यालय पनि यसबारेमा अनभिज्ञ रहेकाले परेवा मर्नुको कारण खुल्न सकेको छैन ।

सामाजिक अभियन्ता नथुनीलाल दासले आफूले पालेका ५२ वटा परेवामध्ये अधिकांश मरिसकेको बताए ।
कतिपयले विषादीयुक्त गहुँ फालेको अवस्थामा परेवाले खाएपछि मर्ने समस्या उत्पन्न भएको अनुमान गरे पनि घरमा पालेका परेवासमेत मर्ने क्रम नरोकिनुले कुनै रोगको प्रकोप हुन सक्ने आशङ्का पनि गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org