एसिसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा हङकङ ७ विकेटले पराजित
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ ।
हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल अगावै खेल जिताए ।
दुवैले अर्धशतक पूरा गरे । शरदले ५५ रन बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रले पनि ८२ बलमा ६० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।
ज्ञानेन्द्र मल्लले नेपालको सुरुवात उत्कृष्ट गरेका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरे । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि अर्का खेलाडि दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।
दिलिप २०औं ओभरमा व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले ८१ रन जोडेको थियो । २६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पनि ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।
यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २र२ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।
नेपालले यसअघि पाकिस्तान र बंगलादेशका यु(२३ टिमसँग पराजित बेहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ । यो नेपालका लागि जितमात्र होइन आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरणमा हङकङसँग खेल्न लागेको नेपालले आफ्नो मनोबल बढाएको छ ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...