ताजा समाचार

प्रहरी स्कुलमा विद्यार्थीको शवः दोष ‘फेसबुक’ लाई लगाइयो

चैत १७, काठमाडौं । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो ।

विद्यालय प्रशासनले थापाको मृत्यु फेसबुकले गर्दा भएको बताएका छन् । कक्षा ८ मा पढ्ने विद्यार्थीले ७ कक्षाकी एक वालिकाका नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरहरु राखेको विद्यालय प्रशासनको दाबी छ ।
मृतकका परिवारले विद्यालय व्यवस्थापनको अनुचित व्यवहारका कारण कुन्दनको ज्यान गएको आरोप लगाएका छन् । नेपाल प्रहरीले यसबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने बताएको छ । घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन भएको छ ।

बुधबार विदाका दिन मृत फेला परेका कुन्दनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेको विद्यालय प्रशासनको भनाइ छ ।करिब ८ सय विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा अधिकांश प्रहरीकै छोराछोरी अध्ययनरत छन् । विद्यालयमा ३२ जना शिक्षक र ४५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org