ताजा समाचार

प्रधानमन्त्री र मधेसी मोर्चाबीच बालुवाटारमा वार्ता हुँदै

काठमाडौं, १८ चैत । स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

अपरान्ह तीन बजे प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ । तीन बजे प्रधानमन्त्रीले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बोलाउनु भएको छ । संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।

सीमाङ्कनको विषय तत्कालका लागि थाँती राखेर संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने तयारीमा रहेका प्रधानमन्त्री दाहालले त्यस विषयमा मोर्चाको सहमतिका लागि बैठक बोलाएका हुन् ।

मधेसी मोर्चा भने सीमाङ्कनको विषय थाँती राखेर अरु विषयमा मात्रै संविधान संशोधन भयो भने अमान्य हुने चेतावनी दिँदै आएको छ ।

तर, मोर्चाका केही नेताहरूले क्षेत्राधिकारसहित शक्तिशाली आयोग बनाएर जाने हो भने स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकिने बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org