ताजा समाचार

भान्छा छोएको निहुँमा ९ वर्षका बालक निर्घात कुटिए

सुर्खेत । प्रस्तावित बराहा गाउँपालिका वडा नं ८ स्थित घरमा भान्छा  छोएको निहुँमा वर्ष ९ का एक दलित बालक कुटिएका छन् ।

बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिमबहादुर बिकलाई सोही गाउँका भरत शाही र उनकी आमा बाटु शाहीले बेहोस हुने गरी कुटपिट गरेका हुुन् ।

बाटुका एक अपाङ्ग छोराले बिकलाई सामान लिन भित्र पठाए । भित्र गएको बेलामा भान्छा छोएको भनि कुटपिट गरेको विकको भनाई उदृद गर्दै भिमबहादुरकी आमा जयसरा बिकले वताइन ।

म गोठालो गएकी थिएँ भिमबहादुरकी आमाले भनिन्,बेलुका घरमा आउँदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको रहेछ ।’ २५ वर्षिय भरत र आमा बाटु शाहीले साँजको लाठीले हानेर शरीरमा निलडाम बसालेको भिमबहादुरकी आमाले बताइन् ।

घाइते भिमबहादुरलाई क्षेत्रीय अस्पताल कालागाउँबाट उपचार गरी उजुरीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org