ताजा समाचार

मधेसी मोर्चा : दिल दिल्लीमा,दृष्टि काठमाडौंमा

मधेसमा राजनीति गर्ने दलहरूले आन्दोलन गर्न थालेको धेरै भयो । उनीहरूको आन्दोलनको जरा भारतमै गडेको छ । जसको हाँगा काठमाडौँसम्म आइपुगको हो । जबसम्म भारतलाई मधेसी दलको आन्दोलनको जराले अल्झाउँदैन तबसम्म उनीहरू रुञ्चे लागेको बच्चा जस्तै झ्याउँ–झ्याउँ गरी नै रहन्छन् ।

विशेषगरी मधेस आन्दोलनको क्रममा होस् या नेपाल–भारत सीमामा केही काम गर्न लाग्दा होस् या बिना कारण नै किन नहोस् नेपाल भारत सीमाको विषयमा भनाभन र झगडा मात्रै होइन, मान्छे नै मारीन थालेका छन् । नेपाली नेपालीमा झगडा हुँदा र नेपालीद्वारा नेपाली मारिँदा चर्को स्वरमा कराउने मधेसबादी नेताहरू भारतीय हस्तक्षेप बिरुद्ध चुक्क पनि गर्दैनन् । यसैमा उनीहरूको भारत समक्षको लम्पसारबाद बडो पारदर्शी रूपमा झल्किएको हुन्छ ।

तराईमा छुट्टै प्रदेश मागेर कालन्तरमा नेपालको तराई भूमीलाई भारतीय बनाउने दाउ पनि यिनै मधेशी दलको होइन भन्न सकिन्न । जसकै विषयमा आजसम्म राष्ट्रले निकास पाउन सकेको छैन । भारतीय अतिवादको बिरुद्ध न त नेपाल सरकारले नै खुलेर बिरोध गर्न सक्छ न त सरकारका कुनै उच्च अधिकारीहरूले मुख बाउँछन् ।

नेपालको यही मौनताको फाइदा उठाउँदै भारतले पटक–पटक सिधै सीमा अतिक्रमण गरिरहेको छ । केही समय अघिमात्रै सीमामा कलबर्ट राख्न लाग्दा भारतीय एसएसबीले नेपाली भूमीमा नै आएर गोली हानेर मान्छे मार्दा कुनै पनि मधेसी दलका नेताले सो घटनाको बारेमा मुख खोलेलन् । जबकी एमालेको मेची–महाकाली अभियानका क्रममा मान्छे मारीदाँ तीनै मधेसी नेताले नेपाल बन्दसम्म गर्न भ्याए ।

त्यसैगरी उक्त घटनाको बारेमा सरकारका तर्फबाट पनि गम्भीर रूपमा आवाज उठाउन कोही तम्सिएन बल्ल आजाभोलि सरकारका जिम्मेवार केही व्यक्तिले भारतले माफी माग्नु पर्छ भन्दै हिँडेको सुनिन्छ । यो पनि कन्ना पछाडिको अवाज हो उनीहरू सकेसम्म भारतसम्म यो आवाज नपुगोस् भन्ने नै चाहान्छन् ।

यस्तै मौनताकै कारण फेरि गत मंगलबार पनि भारतीय अतिवादले सीमा भन्दा २५ मिटर वरै आएर कुलो खन्न लगाएको समाचारले फेरि पनि भारतीय अतिबाद अझ सशक्त रूपमा अगाडी बढिरहेको भन्ने प्रष्ट हुन्छ । यदि यस्तै हुँदै जाने हो भने नेपाली भूमी कालन्तरमा नेपाल, भारतको एउटा प्रान्त हुने निश्चित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org