ताजा समाचार

भारत सरकारको असहयोग पछि नेपाल सरकारले थाल्यो हुलाकि सडकको कार्य

कैलाली  । कैलाली   जिल्लाको डोकेबजार बेलौरी सडक खण्डको निर्माण कार्य  सुचारु भएको छ । भारत सरकारको सहयोगमा निमार्ण कार्य सुचारु गरेको उक्त सडक खण्डको कामबाट अहिले भारतले हात झिकेपछि नेपाल सरकारले उक्त  सडक खण्ड निमार्णको काम थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २ महिनाअघि शिलान्यास गरेको डोकेवजारदेखि बेलौरीसम्मको १९ किलोमिटर सडक खण्डमा भएका पुराना ह्युमपाइपहरु हटाएर कल्भर्ट हाल्ने काम तिब्र रुपमा गरिएको छ ।
शर्मा र राजेन्द्र जेवी कम्पनीले निर्माणकार्यको ठेक्का पाएको उक्त सडक खण्डको लागत ३६ करोड ४७ लाख रुपैयाँ छ । सडकको चौडाई ७ मिटर र सडकको दायाँ(बायाँ अढाई मिटर रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिए । २०७३ फागुनमा सम्झौता गरिएको सडकको निर्माण कार्य २०७६ भदौमा सम्पन्न गराउने योजना छ ।

सडक निर्माणपछि कञ्चनपुरको दक्षिणी बेल्ट र कैलाली सदरमुकाम धनगढी जोडिने छन् । प्रशासनिक बाहेकका कामकालागि कञ्चनपुरका जनतालाई धनगढी सहज हुने भए पनि सडक असुविधाका भएका कारण कष्ट झेल्दै आइरहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org