ताजा समाचार

राष्ट्रप्रेमी अभियन्ताद्वारा माक्स वितरण

काठमाडौं । राष्ट्रप्रेमी अभियानका अभियन्ताहरुले विराटनगरमा माक्स वितरण अभियान सुरु गरेका छन् । बढ्दो प्रदूषणकाकारण मानिसको स्वास्थ्यमा समस्या ल्याएको भन्दै उनीहरुले माक्स वितरण गरेका हुन् । उनीहरुले विराटनगरका रिक्सा,इ–रिक्सा र साइकलमा सवार हुनेहरुलाई माक्स वितरण गरिएको जनाएका छन् ।

निर्माणाधिन सडकमा उडेको धुवाँ र धुलोका कारण विराटनगर बासीले सास्ति भोग्दै आएका छन् । ‘माक्स लागाऔं, हानिकारक धुलोबाट बचौं ‘ भन्ने अभिप्रायका साथ माक्स वितरण थालिएको राष्ट्रप्रेमि अभियानका युथ स्टेशन अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org