ताजा समाचार

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

काठमाडौं । सुख्खा पहिरोले २ सय मिटर सडक पुरेपछि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड सुचारु भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार अपरान्ह चार बजेपछि सडकमा सवारी चल्न थालेका हुन्। पहिरोमा सवारी साधन पुरिँदा २ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यानका रेशराज रानाको सनाखत भएको र अर्का एक जनाको सनाखत हुन नसकेको भट्टले जानकारी दिए। बिहान पौने ११ बजे मुग्लिनदेखि ११ किलोमिटर टाढा घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको थियो। पहिरोमा ट्यांकर, ट्रक, मिनिकार र मोटरसाइकल पुरिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org