ताजा समाचार

आगलागीबाट रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट

 

पथरी ‘मोरङ’ ,चैत २२  । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित थापा चोकको देवी पौडेलको घरमा गएराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गएराति १० बजेतिर विद्युत् सर्ट भई अचानक लागेको आगोले पौडेलको एक तले पक्की घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको पीडितको भनाइ छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय उर्लाबारीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org