ताजा समाचार

सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला

काठमाडौं । सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनु अघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रसिडेन्ट थिइन् । उनी पछिल्लो पटक सन् २०१६ मा फोब्र्स म्यागेजिनले गरेको अनुसन्धानबाट

‘मोस्ट पावरफुल वुमन इन टेक्नोलोजी भएकी छिन् भने समग्र महिलामा सातौ भएकी छिन् ।उनी विलियन सम्पत्ती र टप ब्रान्डको कार्यकारी मात्रै नभई घर र अफिस दुवैमा महिलाको सम्मानजनक उपस्थितिकालागि सशक्तिकरणको अभियानमा पनि सरिक छिन् । महिला एक्टिभस्ट , लेखनसमेत रहेकी उनले २०१३ मा प्रकाशन गरेको(lean in women work and the will to lead) प्रकाशन गरेको एक हप्तामै १ लाख ५० हजार प्रति पुस्तक विक्रि भएको थियो । जुन बेष्ट सेलरभित्र पर्दछ । हाल उनले फेसबुकमा आफ्नो आधाभन्दा बढी शेयर विक्रि गरेकी छिन् ।

 

(सुसन वज्किकी)

सान्डवर्गपछिकी सूचना प्रविधिकी शक्तिशाली महिला हुन् सुसन वज्किकी । सन् १९५८ मा क्यालिफोर्नियामा जन्मिएकी सुसन वज्किकी  पुट्युवकी सिइओ हुन् । गुगलका निकै लोकप्रिय प्रडक्टहरु (Ad-words , Ad-sense ,Double click, Google Analytics) आदि ल्याउन सबैभन्दा बढी योगदान दिएकी उनलाई मोस्ट इक्पोटमेन्ट पर्सन इन एडभर्टाइजिड् र मोस्ट इम्पोर्टमेन्ट गुगलको रुपमा चिनिन्छ । खासगरी गुगल एडलाई व्यवसायिक रुपमा विश्वव्यापी लिड गर्ने अभिभारा उनले गर्दै आएकी छिन्  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org