ताजा समाचार

समाचार प्रभाव : चर्चद्वारा बाढी पीडितलाई सहयोग

सुर्खेत । सुर्खेत गिरीघाटका बाढीप्रभावितहरुलाई अनुग्रह एजी चर्च स्वाथ्य सामाग्री हस्ताणतरण गरेको छ । वीरेन्द्रनगर १ रहेको चर्चले  गिरीघाटमा रहेका ५३ घरधुरीका बासिन्दालाई साबुन, नेलकटर ब्रस, मन्जन र रुमाल लयगायतका सामान वितरण गरेको हो ।

चर्चका पास्टर मनोज पुलामीले यो भन्दा पहिला खाद्यान्न सामाग्री वितरण गदै आएको बताए । पुलामीले यो समय जताततै रुघाखोकी, धुलो/धुवाले असर गर्ने भएकोले सरसफाईका लागि  भनेर वितरण गरेको बताए । उनले स्वास्थ्यसँग  सम्बन्धि सामानसँगै १० जना बालबालिकाहरुलाई कपडा वितरण गरेको पुलामीको भनाई छ । सामान हस्ताणतरणमा चर्चका प्रशिक्षक महेश भट्टराई, सृष्टी भट्टराई, पास्टर मनोन पुलामी लगायतको उपस्थितीमा वितरण गरिएको थियो ।गत हप्ता  ‘सरकारले नदेखेको दर्द’ शीर्षककमा समाचार न्युज-नेपाल अनलाइनमा प्रकाशित भएको थियो ।

 

http://news-nepal.com/%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A5%87%E0%A4%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%A2%E0%A5%80-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org