ताजा समाचार

बराल बंश प्रतिष्ठानमा केशव बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । बराल वंश प्रतिष्ठानको दोस्रो महाधिवेशनबाट केशव बरालको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरिएको छ । बुधबार जोरपाटीमा सम्पन्न भएको उक्त महाधिवेशनबाट नयाँ कार्यसमितिको छनोट गरिएको हो ।

बन्धु बान्धबबीचको एकता र अपनत्वलाई मध्यनजर गर्दै देशभरका बरालहरु एक भई नयाँ कार्यसमितिको टुंगो लगाइएको हो ।

बराल वंश प्रतिष्ठानको महाधिवेशनबाट अध्यक्षमा केशव बराल, उपाध्यक्ष घनश्याम बराल (कास्की), उपाध्यक्ष माधव बराल (सिन्धुली), देवीप्रसाद बराल (इलाम), महासचिव श्रीकान्त बराल (कास्की), सचिव रमेश बराल (ताप्लेजुङ्ग), सचिव माधव बराल (जोरपाटी), कोषाध्यक्ष लीलाराज बराल (कालिकोट), सदस्यहरु क्रमश : रामजी बराल, हेमराज बराल, श्रीमती लक्ष्मी बराल, केदार बराल, रमेश बराल(पोखरा), निर्मला बराल, नन्द प्रसाद बराल, लेखनाथ बराल, युवराज बराल, बुद्धिविनोद बराल, केशव प्रसाद बराल (जोरपाटी), गोकुल बराल, सनत बराल, मेघनाथ बराल (चितवन), सिताराम बराल (पर्सा), बुद्धिसागर बराल (लमजुङ), रोमनाथ बराल (गुल्मी), लक्ष्मणराज बराल, गोमा बराल सहित २८ जनाको कार्यसमिति गठन भएको छ ।

उक्त महाधिवेशनबाट भौगोलिक दृष्टिकोणको हिसाबले र बरालहरुको बसोबासको आधारमा नयाँ कार्यसमितिको टुंगो लगाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org