ताजा समाचार

डिएसपीले चुल्ठो समातेर बेइज्जत गरेको भन्दै महिला प्रहरीद्वारा उजुरी

दैलेख । प्रहरी प्रमुखले आफूमाथि सार्वजनिक स्थलमा दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत महिला जवान रेखा कुँबरले उजुरी दिएकी छिन्।

म्यादी भर्ना छनौट गर्ने क्रममा यही २० गते प्रहरी प्रमुख डिएसपी केदार रजौरेले चुल्ठो समातेर आफ्नो बेइज्जत गरेको भन्दै उनले मध्यपश्चिम क्षेत्रिय कार्यालय, प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी हुन्।

आफूले गल्ती गरे कारबाही गर्न सक्ने अधिकारीले सार्वजनिक रुपमा अपमान गरेको कुँबरको आरोप छ। डिएसपी रजौरेले भने कामको शिलशिलामा उनलाई दुर्व्यवहार नभइ हपारेको माथिल्लो तहका अधिकृतलार्इ जानकारी गराएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org