ताजा समाचार

‘डिजिटलाइजेशनका तयारी आवश्यक’

काठमाडौं ।  सूचा तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले डिजिटलाइजेशका लागि नेपालमा हुनुपर्ने तयारी पुगि नसकेको कुरा प्रकाश पारेका छन् । बानेश्वरस्थित इन्द्रेनी फुडल्याडमा प्रविधि पत्रकार मञ्च नेपालको आयोजनामा ‘नेपाल टेलिभिजनको डिजिटलाइन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
नेपाल केबल महासँघले सहयोग गरेको उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले भने , ‘एक समय नेपालभन्दा पछि रहेको बँगलादेशमा डिजिटल बँगलादेशको नारा गुञ्जिरहेको छ तर नेपालमा भने डिजिटलाइजका लागि हुनु पर्ने तयारी भइसकेको छैन । देशमा व्याप्त डिजिटलाईज डिभाइड हटाउनु पर्ने र रेडियो तथा टिभिलाइ हेर्ने बेग्लै निकाय बनाउनु पर्ने कुरामा उनले जोड दिए । प्रविधि पत्रकार मञ्च नेपालकी अध्यक्ष सरस्वती ढकालले सूचना तथा सञ्चार मन्त्रालयले २०७५ बैसाख १५ सम्म देशभरीका एनालग केबल सेवालाई डिजिटलाईज गरिसक्नुपर्ने व्यवस्था गरेको अवस्थामा डिजिटलाइजेशनको आवश्यकता र यससँग सम्बन्धित विषयवस्तुबारे सेवाग्राही समक्ष प्रष्ट पार्न अन्तरक्रिया कार्यक्रम गर्नुपरेको जानकारी दिइन्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org