सुर्खेतमा तीनसय २८ मानसिक बिरामी
सुर्खेत, २५ चैत । यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकले बताएका छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार प्रदेश नं ५, ६ र ७ मा मानसिक रोग बढी देखापर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार सुर्खेतमा चालु आवको आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी उपचाररत रहेका छन् ।
यो रोग सबैभन्दा बढी युवायुवतीमा देखापरेको भन्दै उहाँले मानसिक रोग महिलामा बढी देखिए तापनि आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या बढी रहेको बताउनुभयो । दैनिकजसो ३० देखि ४० मिनेटसम्ममा योग तथा शारीरिक व्यायाम गरेमा, मन खुसी राखेमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।
प्रमुख ज्ञवालीले मानसिक रोग विकराल रुपमा फैलिएको भएपनि मानसिक रोगको क्षेत्रमा राज्यले एक प्रतिशत मात्रै लगानी गरेको उहाँको भनाइ छ । उहाँले मानसिक रोग निवारणका लागि स्वास्थ्यकर्मीलाई तालिम र यस क्षेत्रमा उचित लगानी पनि हुनुपर्ने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेहेलकुना, पञ्चपुरी नगरपालिकाको सालकोट, लेकबेसी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको छ । रासस
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...