विषादी सेवनबाट महिलाको मृत्यु
गौशाला २७, चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट महिला को मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरायसी विवादका कारण महिला सुदामाले खेतबारीमा किरा मार्न प्रयोग गर्ने नाम नखुलेको पाउडर ९विषादी० घोलेर पिएपछि उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।
शनिबार अबेर साँझ घरमा कोही नभएको मौका छोपी विषादी सेवन गरेकी सुदामा बेहोस भएपछि परिवारजनले चाल पाएको र उपचारको लागि भारतको सुरसण्डस्थित निजी क्लिनिकमा लगेकोमा उनको उपचारको क्रममा राति त्यही क्लिनिकमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
मृतक महिलाको शवलाई आज बिहान प्रहरीले उनको घरबाट परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । रासस
Comments
अरु समाचार
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...
-
आजको राशिफल: २०८१ साल कार्तिक ३० गते शुक्रवार
मेष :नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।...
-
पशुपति गौशाला धर्मशालामा मोहियानी हक लाग्दैन : काठमाडौँ जिल्ला अदालत
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा...
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
आजको राशिफल: २०८१ साल कार्तिक २९ गते बिहीवार
मेष: विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
आजको राशिफल: २०८१ साल कार्तिक २८ गते बुधवार
मेष चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ...