ताजा समाचार

अन्ततःसोनी टेलिभिजनले कपिल शर्माको कार्यक्रम बन्द गर्ने भयो

नयाँ दिल्ली । कपिल शर्मा शो सुनिल र कपिलबीचको झगडाका कारण लोप हुने अवस्थामा पुगेको छ। सुनिलले उनी सँगको सहकार्यमा फर्कन नमानेपछि शोको टेलिभिजन रेटिङ पोइन्ट ‘टिआरपी’ ह्वातै घटेको छ। सोही विषयलाई कारण देखाउँदै सोनी टेलिभिजनले कपिल शर्मा शो को प्रसारण बन्द गर्ने जनाएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सोनी टिभीले उनको कार्यक्रमको विकल्पको रुपमा सुनिलको कार्यक्रम प्रसारण गर्ने तयारी गरेको छ। सुनिलले ल्याउने भनेको नयाँ कार्यक्रमबारे सोनीले यतिबेला अनुसन्धान गरिरहेको र उपयुक्त ठानेमा प्रसारण लागि स्वीकृति दिने तयारी भइरहेको छ। कपिल शर्माको शोको विकल्पमा सोनीले सुनिलको कार्यक्रमलाई ल्याउन लागेको हो।

सुनिलमार्फत् नयाँ कार्यक्रमको तयारी भइरहेको चर्चा चुलिए पनि सुनिलले भने यो विषयमा आफूले निर्णय गरिनसकेको उल्लेख गरेका छन्। ‘मैले केही निर्णय गरिसकेको छैन’, उनले भनेका छन्।

अष्ट्रेलियाबाट भारत फर्किने क्रममा कपिल शर्माले रक्सीले मातेर सुनिलामाथि दुव्र्यवहार गरेका थिए। सो विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उनले क्षमा मागेका थिए। तर सुनिल कार्यक्रममा नफर्किएपछि कपिल शर्मा शोको अस्तित्वमा संकट पैदा भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org