ताजा समाचार

वरीयता विवाद सुल्झाऊ

देश चुनावमय भइरहेको बेला सरकार भने उपप्रधानमन्त्री पदको वरियताक्रम मिलाउन नसकेर आफ्नो लाचारीपन देखाईरहेको छ । वरियताक्रममा नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र सरकार टिकाउनकै लागि राप्रपा नेपालसँग सांठगांठ भई सो पार्टीका कमल थापा मध्ये प्रधानमन्त्री चीन भ्रमणमा जाने क्रममा कस्लाई वरियताक्रम अनुसार जिम्मेवारी दिने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा प्रधानमन्त्री चीनबाट फर्केको हप्ता दिन बितीसक्दा समेत वरियताक्रम टुङ्गो लगाउन सरकारले अझै सकेको छैन् । प्रधानमन्त्री दाहाल किन सरकारमा विवाद हुँदासमेत धृतराष्ट्र झै सुनेर पनि नसुनेझै गरेर अभिनय गरेर बसेका छन् ।

नेपाली कांग्रेससँग माओवादी केन्द्रले गरेको सम्झौता अनुसार प्रचण्डको प्रधानमन्त्री हुने आलोपालो ‘नियम’ अनुसार सरकारको म्याद सकिनै लागेको छ । तर, अहिले चुनाव घोषणा भैसकेका कारण चुनावपछि मात्रै सरकार छाड्ने संकेत देखापरेको छ । मुख्य गरी नेपाली कांग्रेस पहिले सरकारमा सहभागी भएको दलको नाताले पनि उपप्रधानमन्त्रीको पहिलो दावेदार नेपाली कांग्रेस नै हो । तर, राजनीतिक इमान्दारीता नरहेकै कारण प्रधानमन्त्री प्रचण्डले थापालाई रातारात पहिलो वरियताक्रमको उपप्रधानमन्त्री दिने शर्तमा सरकारमा सहभागी गराईनु राजनीतिक बेईमानी र कांग्रेससंग गरेको सम्झौता विपरत नै हो ।

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वितिकै प्रचण्डले सरकार टिकाउनकै लागि थापालाई उपप्रधानमन्त्रीको पहिलो वरियताक्रम दिने शर्तमा किन र कस्को निर्देशनमा ल्याए यो गंम्भिर विषय हो । यो विषयमा कांग्रेसले गहन विश्लेषण गर्नुपर्दछ । कांग्रेसले  सतामा बसिरहनुपर्ने कुनै कारण देखिंदैन् ।

काँग्रेसकै भरमा टिकेको सरकारले यत्रो अपमान हुंदा समेत किन चुपलागेर बसीरहनुप¥यो । हुन त यो भन्दा अगाडी माओवादी केन्द्र आफै सहभागी एमाले सहितको सरकारलाई बिचमै तुहाएर नयां सरकार बनाउन अग्रसर हुने माओवादीलाई कांग्रेसले कुन आधारमा विश्वास गर्नै ? प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई कुनै पनि बेला अविश्वास गरी लात नहान्ला भन्न के बेर ?

संसदमा बिचाराधिन संविधान संशोधनको प्रस्ताव पारित गराउन नसक्ने प्रचण्डले आफ्नो सरकार टिकाउनकै लागि मधेसी मोर्चालाई फेरि अर्को संशोधनको पत्र फालिरहेका छन् । र, मोर्चा त्यो संशोधन पारित होला र नर्वाचनमा जाउँला भनेर सपना देखिरहेको छ । प्रचण्डको बोली र गराईमा फरक रहेकै कारण देशले प्रगति गर्नसकिरहेको छैन् । काम गरेको खण्डमा आम नागरिकहरुले सम्मान गर्दछन र कहिल्यै भुल्न पनि सक्दैनन् ।
प्रचण्ड सरकारकै ऊर्जा मन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापाले उर्जा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गरेकै कारण प्रधानमन्त्रीको भन्दा पनि उनीहरुको चर्चा देश विदेशमा चुलिएकै छ । राम्रो काम गर्नका लागि पद होइन अवसर चाहिने कुरा छर्लङ्ग हुंदाहुंदै पनि उपप्रधानमन्त्रीको वरियता विवाद किन र कस्का लागि विवादमा ल्याईएको हो बुझ्न सकिएको छैन् । प्रधानमन्त्री प्रचण्डले समग्रमा नेपाल र नेपाली नागरिकहरुको हकहित स्थापनाका लागि लडाईं लड्नुपर्दछ ।

राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र मूल मन्त्र लिएर हिंडेको नेपाली कांग्रेसले पनि पद भन्दा पनि देश र जनता ठुलो हो भन्ने कुरा विर्सनु भएन । वरियता विवादमा फसेर देशलाई कुन दिशातिर लान खोजेको हो ? भन्ने जिज्ञासाहरु सर्वत्रबाट आईनै रहेको छ । आशा गरौं  सरकरले छिट्टै विवादलाई टुंग्याएर स्थानीय निर्वाचनको माहोल बनाउनतर्फ अग्रसर होला । यसरी एक पछि अर्को समस्या थप्दै जाने हो भने प्रचण्ड सरकार भुल्भुलैयामा नराम्ररी नफस्ला भन्नसकिंदैन् । अतः दलहरुबीच रहेका असमझदारीहरु वार्ता, एकता, आपसी समझदारी र संवादबाटै टुंग्याउनु उचित हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org