ताजा समाचार

पाँचथरमा एघार घर जलेर नस्ट


काठमाडौं २९ चैत । जंगलमा लागेको आगो गाउँमा पस्दा पस्दा पाँचथर जिल्लाको सवाङका एघार घर जलेर नस्ट भएको छ ।

दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका ७ सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा ११ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

आगलागीले सो स्थानका डिल्ली पङधाक, इन्द्रबहादुर पङ्धाक, राज कुमार पङ्धाक, मदन चापागाई, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, रबिलाल चापागाई मानबहादुर खनाल र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी भएको गाउँमा दमकल लैजान नसक्ने सडक भएकाले आगो नियन्त्रणमा ल्याउन समस्या भएको भएको थियो । उक्त आगलागी नियन्त्रण गर्न नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org