ताजा समाचार

प्रदिपजंग पाण्डेले दुई बर्ष पछि पाए ‘न्याय’

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेले दुई बर्ष पछि ‘न्याय’ पाएका छन्। तीन दशक अघिको भ्रष्टाचार मुद्दामा सर्बोच्च अदालतले उनलाई सफाइ दिएको हो। महासंघको अध्यक्ष निर्वाचित भएपछि पञ्चायतकालिन भ्रष्टाचार मुद्दा ब्युँतेर पाण्डे पदमुक्त भएका थिए।

२०४२ सालमा खानेपानी तथा ढल निकास विभागमा कर्मचारी हुँदा भ्रष्टाचार ठहर भएको र उनले त्यस वापत सजाय भुक्तान नभएको भन्दै निर्वाचनमा पराजित भाष्करराज राजकर्णिकारले प्रशासनमा निवेदन दिएका थिए। पाण्डेले तात्कालिन श्री ५ बाट आफुले माफि पाइ सकेको भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदनका थिए। तर, अदालतको उनको माग अश्विकार गर्दै भ्रष्टाचार मुद्दामा जेल सजाय काट्नै पर्ने निर्णय सुनाएको थियो।

त्यसपछि जेल गएका पाण्डेले जिल्ला अदालत काठमाडौं सहितलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले जिल्ला अदालतको फैसला खारेज गरेर पाण्डेको पक्षमा निर्णय दिएको हो। २०४२ सालमै तात्कालिन श्री ५ बाट माफी मिनाहा पाइ सकेको र पछि राष्ट्रपतिले समेत माफी दिएको सन्दर्भमा पाण्डे दोषी नरहने सर्बोच्चले ठहर गरेको छ।

जिल्ला अदालतको फैसला पछि पाण्डे महासंघ अध्यक्षबाट पदमुक्त भएका थिए। लामो समय उनलाई पूर्व अध्यक्षको दर्जा समेत दिइएको थिएन।

सोमबार महासंघको स्वर्ण उत्सव समारोहमा सम्मानका लागि आमन्त्रण गरेर उनलाई बल्ल पूर्व अध्यक्षको हैसियत दिइएको हो। अब महासंघ सचिवालयमा पनि पूर्व अध्यक्षको रुपमा उनको तश्विर राखिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org