पदको जिद्दी कसैले नगरौं : नवनियुक्त महानिरीक्षक अर्याल
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जसरी पनि पद आफूले नै पाउनुपर्छ भन्ने जिद्दी कसैले पनि गर्न नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रहरी नायव महानिरीक्षक ‘डिआइजी’ नवराज सिलवालतर्फ लक्षित गर्दै महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् । अर्याललाई सरकारले सोमबार महानिरीक्षकमा नियुक्त गरेको हो ।
डिआइजी सिलवालले आफूलाई आइजिपी नबनाएपछि पटक-पटक सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै आएका छन् ।
अर्यालले आफू संगठनको बफादार सिपाही भएको र आफूजस्तै करिब ७५ हजार कर्मचारी प्रहरी सङ्गठनको व्याचको टपर भएपनि जयबहादुर चन्दलाई आईीज्पी बनाउने निर्णयलाई अन्यथा नलिएको बताए ।
उनले आफू मुलुकको जुनसुकै ठाउँमा बसेर काम गरेको वताउँदै सर्वोच्च अदालतले दुई जना डीआइजीको मात्र कार्यसम्पादन मूल्याङन फाइल मगाउँदा मलाई असहज लागेको वताए । त्यसैले आफ्नो पनि कार्यसम्पादन मुल्याङ्कन हेरियोस् भनी रिट हालेको जानकारी दिए । उनले भने, ‘सर्वोच्चले मेरो चाहना सम्बोधन हुने देखेपछि रिट फिर्ता लियो । ’
सरकारले मलाई महानिरीक्षक बनाएको छ । यसलाई आश्चर्यभन्दा बढी मेरो कामको सम्मान गरेको मैले बुझेको छु । संगठनमा महानिरीक्षक बन्ने हरेको सपना हुन्छ । तर,सबै सपना पूरा हुँदैनन् । कहिलेकाहीं ‘बेस्ट’ले पनि पाउँदैनन् । तर, मैले नै पाउनुपर्छ, जसरी पनि मै हुनुपर्छ भन्ने जिद्दी गर्न नहुने अर्यालको भनाई छ ।
सधै आफूलार्इ भन्दा कामलाई बढी प्राथमिकता दिएका कारण आफू ओझेलमा परेको उनले बताए । साथै उनले आगामी दिनहरुपमा पनि जनतालाई शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने बताए ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...