ताजा समाचार

मतदाता स्वयम्सेवक परिचालन

रसुवा, ३१ चैत । मतदातालाई मतदान कार्यमा अभिप्रेरित गर्न जिल्लाका सबै मतदान केन्द्रमा बुधबारदेखि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लामा ४२ वटा मतदान केन्द्र तय भएका र सबै मतदान केन्द्रमा एक÷एक मतदाता शिक्षा स्वयम्सेवक नियुक्त गरी खटाइएको छ ।

स्वयम्सेवक भूमिका मतदान गर्दा अपनाउनुपर्ने सावधानीका विविध पक्षमा जानकारी मतदातालाई दिई शतप्रतिशत मतपत्र सदर गराउने अभियानमा ती स्वयम्सेवक लाग्ने बताइएको छ ।

रसुवाको पाँच वटा गाउँपालिकामा २८ हजार २९३ मतदाता रहेका छन् ।
पश्चिमी रसुवा ठूलो गाउँका अक्कलबहादुर गुरुङले नयाँ संरचनाअनुरुप हुन लागेको स्थानीय तह निर्वाचनले गाउँ घरमा चहलपहल बढ्न थालेको र १९ वर्ष पछि हुनलागेको यो निर्वाचनमा मत खसाल्न ठूलागाउँका मतदाता आतुरमा रहेको बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org