ताजा समाचार

कान्तिपुर मिडिया ग्रुपको सिइओ अब संम्भव सिरोहिया

काठमाडौं ३१  । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतमा संम्भव सिरोहिया (सिइओ) नियुक्त भएका छन् । नयाँ वर्षको अगमनसँगै सिरोहिया सिइओमा नियुत्त भएका हुन् । ग्रुप स्रोतले न्युज–नेपाललाई जानकारी दिए । अनुसार उनको नाम २०७४ साल बैशाख १ गतेदेखि प्रिन्ट लाइनमा आउने भएको छ ।
सिइओ सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्षय तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वास्तिका सिरोहियाका छोरा हन् । सिरोहियालाई सिईओमा नियुक्त गरेसँगै मिडियामा पनि पुस्ता हस्तान्तरण सुरु भएको छ ।


कान्तिपुर मिडिया ग्रुप अन्तर्गत कान्तिपुर पब्लिकेशन प्रा.लि., कान्तिपुर एफएम प्रा.लि., कान्तिपुर टेलिभिजन प्रा.लि., कान्तिपुर फाउन्डेसन र कान्तिपुर डिजिटल क्रप रहेका छन् ।
ग्रुप अन्तर्गत रहेका यि सबै प्रालिका उनि सिईओका रुपमा रहने छन् ।

कान्तिपुर पब्लिकेशन प्रा.लि. अन्तर्गत प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुर र द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी मासिकमा उनको नाम सिईओका रुपमा प्रिन्ट लाईनमा प्रकाशित हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org