गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो
चितवन, ३१ चैत । शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गतेराति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए ।
आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो । २०७१ वैशाख १९ गते अहिले गैँंडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमापर्ने ध्रुव घाटमा गैंँडा मारिएको थियो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार रात्रिकालीन गस्तीमा जोड दिइएको छ । यसअघि चारवटा गाडीले रात्रिकालीन गस्ती गर्दै आएकोमा पाँचवटा थप गरी नौवटा गाडी परिचालन गरिएको छ ।
तीनवटा सुरक्षा वेसक्याम्प थप गरिएको छ । अर्यालका अनुसार ५७ वटा स्थायी पोस्टबाट सुरक्षा वेसक्याम्प परिचालन हुनेगर्दछ । निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाकाअनुसार अरु थप तीन वेसक्याम्पका लागि अन्य गणबाट थप सेनाको जनशक्ति झिकाइएको छ । रात्रिकालीन रुपमा मात्रै रहने ३५ वटा वेसक्याम्पलाई बढाएर ४१ पु¥याइएको बताउँदै उहाँले गैंँडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको छ ।
निकुञ्जका सबै सेक्टरहरुमा मध्यवर्तीका उपभोक्ता, समुदायमा आधारित चोरी सिकार युवाजागरण लगायतसँग निरन्तर छलफल कार्यक्रम सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई यो समयमा सम्वेदनशिल क्षेत्रको रुपमा लिईने गरिन्छ । यतिवेला गैंडा चर्नका लागि जाने ठाउँहरु उजाड हुने हुदाँ टाढैबाट गैंडा देखिन्छ । विगतको तथ्याङ्कलाई हेर्नेहो भने चैत्र १ गतेबाट जेठ मसान्त सम्ममा तस्करले ६० प्रतिशत गैंडा मारेको देखिन्छ । तस्करले गैंडा मारेपछि सिआईविको टोलीले अहिले पनि अनुसन्धान जारी राखेको छ ।
सुचना दिनेलाई ५ लाख पुरस्कार
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको हरीयाली मध्यवर्ति सामुदायिक वनमा चैत्र २५ गते राति गैंडामार्ने तस्करका बारेमा सुचना दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिईने भएको छ । निकुञ्जका सुचना अधिकारी अर्यालका अनुसार प्रयोग गरेको हतियार, खाग र संलग्न व्यक्तिका बारेमा सुराक दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको हो । रासस
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












