महान्यायधिवक्ता श्रेष्ठविरुद्ध अवहेलना मुद्दा दायर
काठमाडौं । नेपाल सरकारका महान्यधिवक्ता रमण कुमार श्रेष्ठ विरुद्ध सर्वोच अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अदालतको आदेश कार्यान्वयन नगरेको विषयमा (३० चैत) हिजो श्रेष्ठ विरुद्ध सहन्याधिवक्ता डा.टेकबहादुर घिमिरेले अवहेलना मुद्दा दायर गरेका हुन् ।
नेपाल सरकारले सहन्यायधिवक्ता डा. घिमीरेलाई फागुन २५ गते गरेको निलम्वनका विरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले निलम्वन कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन आदेश चैत २० दिएको थियो । अल्पकालिन आदेश लिएर हाजिर हुन कार्यलय पुगेका डा.घिमीरेलाई महान्याधिवक्ता श्रेष्ठले चैत्र २९ गतेसम्म पनि हाजिर हुन नदिएपछि अदालतको अवहेलना सम्वन्धि मुद्दा लिएर उनी सर्वोच्च गएका हुन् ।
नेपालको संविधान घारा १५८ को उपधारा (६) को खण्ड (ख) ले मुद्दा मामिलाको बारेमा सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादन नगरेको कानूनी सिद्धान्तको कार्यान्वयन भए नभएको अनुगमन गर्ने वा गराउने दायित्व महान्यायधिवक्तालाई निरोपण गरिदिएको पाइन्छ । तर, महान्यायधिवक्ता श्रेष्ठले आफूलाई नेपालसरकारको मुख्य काननी सल्लाहाकार तथा राज्यको प्रथम कानुनी कार्यान्वयन अधिकारी भएर पनि निकृष्ठ माओवादी कर्यशैली भन्दा आफूलाई प्रस्तुत गर्न चाहेका छैनन् ।
महान्यायधिवक्ताद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी मातहतका सरकारी वकिलले गरेको अभियोजन निर्णयलाई व्यक्तिगत आक्रोश र वैचारिक पूर्वाग्राह स्वरुप कसैलाई काखा र कसैलाई पाखा गर्ने, राम्रो काम गर्नेलाई सुली हाल्ने र काम बिगार्नेलाई चौतारीमा राखिने गरेको छ । यसतो रवैयाको पछिल्लो उदाहरण हो सहन्यायधिवक्ता टेकबहादुर घिमिरेलाई महान्यायधिवक्ता श्रेष्ठकै बदनियतपूर्ण राजनीतिक भीटोको कारण निलम्बन गर्ने सरकारको निर्णय नेपालको संविधानसरकारी मुद्दा सम्बन्धी ऐन समेत प्रचलित नेपाल कानून र अभियोक्ताको व्यवसायिक उन्मुक्ति सम्बन्धी विश्वव्यापी मान्यतालाई नेपालको सर्वोच्च अदालतले समेत व्याख्या गरी स्वीकार गरेको नजिर सिद्धान्तको प्रतिफल हुने गरी जर्वजस्ती ठाडो प्रस्ताव लगेर डा. घिमिरेलाई महान्यायधिवक्ता श्रेष्ठले निलम्बन गराएका थिए ।
कानूनी र कार्यविधिगतबाट त्रुटि सहित गलत तरिकाले भएको आफ्नो निलम्वन सम्बन्धी सरकारको उत्प्रेषणको रोगद्वारा वदर गरिपाउँ र तत्काललाई अन्तरिम आदेशको माग सहित डा.घिमिरे मिति २०७८/१२/१६ मा सर्वोच्च अदालतको शरणमा पुगेका थिए । सर्वोच्चले ०६८/ १२/२० सहन्यायाधिवक्ता डा.घिमिरेलाई निलम्बन गर्ने तथा छानविन गर्ने सम्बन्धीत सरकारको उक्त निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउनु भन्ने अल्पकालिन अन्तरिम आदेश आदेश जारी गरेको थियो । आदेशको व्यहोराबाट डा.घिमिरेको निलम्बन सम्बन्धी कारवाही तत्काललाई शुन्य अवस्थामा रहेको भन्ने स्पष्ट बुझिन्छ । तर, उक्त आदेश आफू समक्ष तामेल भइसकेर पनि महान्यायधिवक्ता श्रेष्ठले सहन्यायधिवक्ता डा.घिमिरेलाई हाजिर गर्न दिएनन् ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












