ताजा समाचार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन, १ वैशाख । नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरो पन्छयाउने काम सकिएपछि अहिले दिउँसो १२ः३० बजेबाट सडक सञ्चालनमा आएको हो ।

उहाँका अनुसार, पहिरो बढी खसेपछि आज बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको थियोे । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा तीन दिनयता सुख्खा पहिरो खसिरहेको थियो । करिब ३५ मिटरमाथिबाट पहिरो खसेको थियो ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँच किलोको बीचमा पर्दछ । आज नयाँ वर्षको पहिलो दिन भएकाले दैनिक रुपमा दिउँसो गरिँदै आएको आवागमन बन्द आज नगरिएको खनालले बताउनुभयो । सडक स्तरोन्नतीका कारण दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकिएकोमा आज भने नरोकिने जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org