ताजा समाचार

स्थानीय चुनावमा सुरक्षाको जिम्मा सेनाले लिने

काठमाडौं, ३ बैशाख । नेपाली सेनाले स्थानीय चुनावको लागि आवश्यक पर्ने १ करोड ६० लाख मतपत्रको ढुवानी र सुरक्षाको जिम्मा लिने निर्वाचन आयोगले बताएको छ ।
हालसम्म आयोगले ६२ लिल्लाको मतपत्र छापिसकेको र अब त्यसलाई ब्याण्डिङ गरेर विभिन्न जिल्लामा सुरक्षासहित पुर्याउने जिम्मा सेनालाई दिइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

संसदीय समिति अन्तरगत राज्य व्यवस्था समितिलाई आइतबार बिहान निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्त यादवले जानकारी गराएका छन् ।

आयुक्त यादवले स्थानीय चुनावमा ६४ प्रकारका सामाग्री आवश्यक पर्ने बताएका छन् साथै उनले यी मध्ये मतपत्रको सुरक्षा सेनाले गर्ने र अन्य ६३ सामाग्रीको सुरक्षा प्रहरीले गर्ने बताए ।

यसैवीच आइतबारदेखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जानकारी गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org