नारायणगढ मुग्लिन सडक खण्डः विस्फोट गर्न माग
चितवन, ३ वैशाख । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ ।
सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मि अग्लो पहाड छ ।
त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मि चौडा मात्रै रहेको छ । जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्ने छ ।
इ खनालका अनुसार विस्फोट आफंैँमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत अध्ययन गरेपछि मात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताउनुभयो । विस्फोट गर्नुपर्दा पूरै पहाड खस्न सक्ने, पछि पनि फेरि पहिरो खसिरहन सक्ने, लामो समयसम्म सडक बन्द हुने जस्ता समस्या आउन सक्ने देखिएको छ ।
यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ । सोअन्तर्गत ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ । सो क्षेत्रमा एक दशमलव ५ मि सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ ।
मुग्लिनबाट नारायणगढतर्फ एक किमी क्षेत्रमा करिब २५० मि लम्बाइमा क्यान्टिलिबर पद्धतिबाट काम गर्न अनुमति दिइएको हो । भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाउँदै दुई पटक समय थप गरिसकिएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किमीमा तीन सय मि र घुमाउनेमा दुई सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ जसलाई ११ मि फराकिलो बनाउनुपर्ने हुन्छ ।
करिब ४४ मि अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए ।
त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मि र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ ठाउँमा गरी पाँच सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । इ खनालका अनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशत मात्र काम भएको छ ।
कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मि मात्र सडक फराकिलो छ, जसलाई नौ मि फराकिलो पु¥याउनुपर्ने छ । सो क्षेत्रमा ८० मि माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ ।
तीन खण्ड बनाएर विस्तार थालिएको सो सडक खण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । सोअनुरुप आँपटारीदेखि दासढङ्गासम्मको पहिलो खण्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा आगामी मङ्सिर १२ गते सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो । विसं २०७१ चैत २६ गतेदेखि काम थालिएको हो ।
तेत्तिस किमी सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...