ताजा समाचार

आइतबार घटेको नेप्से परिसूचक यस्तो देखियो

बाणिज्य बैंकले बचत खातामा आकर्षक ब्याजदर दिने योजना सार्वजनिक गरेपछि वर्षको पहिलो कारोवारबाट नेप्से परिसूचक २ दशमलब ६८ अर्थात् ४५ अंकले घटेर १ हजार ६ सय ५१ बिन्दुमा झरेको छ ।

आइतबार बजारले दुईटा मनोबैज्ञानिक तह १ हजार ६ सय ८० र १ हजार ६ सय २५ लाई ब्रेक गरेको छ । यी दुईवटा तहमा लामो समयदेखि बजार रोकिएकोले बलियो टेवाको रुपमा देखिएको थियो । कारोबारमा भारी मात्राको गिरावटले वियारिस मैनबत्ति आकृति बनेको छ । जसको माथिल्लो भागमा छोटो स्याडो रहेको छ भने मैनबत्ती आकृतिको मुनि कुनै पनि आकृति रहेको छैन।

यस खालको आकृतिले स्वाभाविक रुपमा खरिदकर्ताको तुलनामा बिक्रिचाप ज्यादा रहेको देखाउंछ । यसले बजार अझ घटने संकेत पनि गर्दछ । आइतबार बजार खुलेसंगै तिब्र गतिले बढेको थियो । यसरी बजारले १ हजार ७ सय ३ को बिन्दु छोयो तर त्यसपछि लगातार रुपमा घटेर न्युन बिन्दुमा करोवार बन्द भएको छ । सामान्यतया मैनबत्ति आकृतिले लगानीकर्ताको मानोभाव बुझाउंछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org