ताजा समाचार

यातायात व्यवस्था कार्यालयका प्रमुख सहित पाँच जना निलम्वनमा

काठमाडौं । इटहरीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख नयराज नेपाल सहित पाँच जना निलम्वनमा परेका छन् । आर्थिक वर्ष ०७१/०७२, ०७२/०७३ र ०७३/०७४ को फागुन मसान्त सम्मको राजस्व बैंकमा दाखिला नगरी अनियमितता गरेको पाइएपछि नेपाल सहित पाँच जनालाई निलम्वन गरी कारवाही थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । नेपाल सहित लेखा अधिकृत टिकाराम अधिकारी, लेखापालद्धय सुरश अधिकारी र रुद्रप्रसाद दाहाल र नासु टिकाराम बास्तोलाले ५६ करोड ४८ लाख हिनामिना गरेको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org